बन्दाबन्दी खुकुलो बनाउन मोरङका दलहरुको सरकारलाई आग्रह

 न्यूज विराट
बन्दाबन्दी खुकुलो बनाउन मोरङका दलहरुको सरकारलाई आग्रह

विराटनगर, जेठ २३–लामो समयदेखि जारी बन्दाबन्दीका कारण सवै क्षेत्र मारमा परेकाले त्यसको उचित विकल्प खोज्न सरकारलाई मोरङका दलहरुले आग्रह गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङको कार्यालयमा अध्यक्ष मो. कादीरको अध्यक्षतामा सम्पन्न सर्वदलिय बैठकले सरकारलाई बन्दाबन्दी खुकुलो बनाउन आग्रह गरेको हो ।

दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, उद्योगी, व्यवसायीलगायत सवै क्षेत्र मारमा परेकाले सरकारले जारी गरेको बन्दाबन्दी व्यवस्थित ढंगले खुकुलो बनाउनुपर्ने निश्कर्षसहित सरकारलाई आग्रह गरिएको राजपा मोरङ अध्यक्ष मो. कादीरले जानकारी दिए ।

त्यस्तै बैठकले सरकारलाई बन्दाबन्दी खुकुलो भएको २ महिना पछि मात्र सवै प्रकारका कर संकलन गर्न आग्रह गरेको छ । बन्दाबन्दीले आर्थिक रुपमा सवै क्षेत्रलाई असर पुर्याएकाले हालै सरकारले तोकेको म्याद भित्र कर तिर्न समस्या हुने भएकाले बन्दाबन्दी खुकुलो पारिएको २ महिना पछी मात्र कर अशुल्न सरकारसँग आग्रह गर्ने बैठकले निर्णय गरेको नेता कादीरले बताए ।

बैठकमा नेपाली कांग्रेसका मोरङका सचिव नागेस कोइराला, समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मोरङ अध्यक्ष मो. कादीर र राप्रपा मोरङका अध्यक्ष माधवप्रसाद आचार्यको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

६ हजार बढीले अवलोकन गर्दै सकियो तेस्रो नेवा : महोत्सव

विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...

नेकपा सचिवालय बैठक विना निष्कर्श टुंगियो

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा पछिल्लो समय देखिएका विवादबारे छलफल भए पनि निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । बैठकले...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

आज कहाँ-कहाँ थपिए संक्रमित ?

काठमाडौं, ३० जेठ-नेपालमा शुक्रबार एकैदिन ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा ४४८ जना संक्रमित थपिएर जानकारी दिएका हुन्...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्