
प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज
विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...
विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको बताए । अस्पतालका ४ जना बिहीबार डिस्चार्ज भएसँगै अस्पतालभित्रको संक्रमण पनि अन्त्य भएको मन्त्री घिमिरेले बताए ।
धनकुटा जिल्ला अस्पताल भित्रको संक्रमणको अध्ययन भइरहेको उनले बताए । ‘अस्पतालभित्र कसरी संक्रमण भयो भनेर अध्ययन भइरहेको छ’ मन्त्री घिमिरेले भने । उनले उदयपुर र धनकुटाबाहेकका ट्राभल हिस्ट्री विदेशबाट भएको मन्त्री घिमिरेको भनाइ छ ।
गोठगाउँमा कोरोना अस्पताल सुरु
मोरङको सुन्दरहरैचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा बिहीबारदेखि कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आजदेखि २ सय वेडको कोरोना अस्पताल सञ्चालनमा ल्याईएको जानकारी दिए । आजदेखि संक्रमण देखिएकाहरूलाई गोठगाउँमा उपचार गर्नेगरी अस्पताल सुरु गरिएको मन्त्री घिमिरेले बताए ।
गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भइरहेको उनले बताए । मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमितका लागि अस्पतालमै राखेर उपचार गर्नेगरि तयारी भइरहेको बताए । कोरोनाको प्रकोप अझै बढ्ने देखिएसँगै विभिन्न स्थानमा उपचार केन्द्र निर्माणको काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिए ।
विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...
विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर...
काठमाडौं, २६ वैशाख-संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयअनुसार...
विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...
विराटनगर । विराटनगर ७ हस्पिटल चोकमा दर्ता बेगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । दर्ता बेगर संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार गरेको अनुगमनको क्रममा...
काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...
जनकपुर, ८ जेठ-रौतहटमा एउटा पोखरीको डिलमा १० लाख १० हजार रूपैयाँ बरामत गरिएको छ । जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको हो । डुमरिया...
काठमाडौं, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन्...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.