सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

 न्यूज विराट
सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर, जेठ १५-प्रदेश १ मा  बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद गोपालचन्द्र बुढाथोकीले मुख्य बालिलगाउन सिजनमै मल नहुँदा किसान समस्यामा परेको बताए । विगतको वर्ष भन्दा बढी मल वितरण गर्दा पनि मल अभावले बालि लगाउन समस्या परेकाले मलको आयात बढाउन बुढाथोकीले  प्रदेश सरकारलाई आग्रह गरे ।

‘कृषिलाई आत्मनिर्भर बनाउन, किसानलाई उत्प्रेरित र आशावादी बनाउन, विदेशमा रहेका युवालाई कृषिमा फर्किनका निमित्त विश्वास योग्य वातारण सृजना गर्नुपर्छ । किसानहरु मल बिउ नपाएर तड्पिरहेको स्थिति छ । धान रोप्ने बेलामा मल अभाव हुने देखिन्छ’ उनले भने, ‘सरकारले किसानलाई मल बीउ बेलैमा उपलब्ध गराउन ध्याद दिनुपर्छ । मल वितरण गर्ने सहकारीको अगुगमनसमेत गरोस ।’

अर्का सांसद राजकुमार ओझाले मल अभावमात्रै नभई मल वितरणमा समेत समस्या देखिएको बताए । ओझाका अनुसार कतिपय सहकारीहरूले मलको मनोमानि मूल्य लिइरहेको दाबीसमेत गरे ।

सम्बन्धित समाचार

मोरङको कानेपोखरीमा–७ एमालेको प्यानलै विजयी

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र...

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

विराटनग । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग...

भूमि आयोगले थाल्यो काम, मापदण्ड कसिलो बनाएर काम गर्न निर्देशन

काठमाडौं, २७ कात्तिक-भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ति सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स...

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्