पूर्वमन्त्री पण्डितको पहलमा युवा नेता आजमले वितरण गरे राहत

 न्यूज विराट
पूर्वमन्त्री पण्डितको पहलमा युवा नेता आजमले वितरण गरे राहत

विराटनगर, जेठ १३–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा बन्दाबन्दीका कारण समस्यामा पर्दै आएका परिवारलाई राहत वितरण गरिएको छ ।

सांसद पण्डितको पहलमा नेकपा युवा नेता मो. आजमले विराटनगर–९ स्थित धोवीयारी चोकका ९० परिवारलाई ९ सय केजी चामल वितरण गरेका हुन् ।

सांसद पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका जनता बन्दाबन्दीका कारण रोजगारी गुमेपछी भोकभोकै बस्न नपरोस भनेर राहत स्वरुप उपलब्ध गराएको चामल घर–घरमा प्ुगेर वितरण गरेको युवा नेता आजमले जानकारी दिए ।

कोरोना संक्रमणको रोकथाम र न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखी जारी गरेको बन्दाबन्दीका कारण घरमै बस्नुपरेका विपन्न तथा र मजदुर परिवारलाई दैनिक छाक टार्न समस्या भएपछि राहत स्वरुप खाद्यन्न वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश कमिटी सदस्य सत्यारायण चौधरीले जानकारी दिए ।

नेता चौधरीका अनुसार यस अघि पनि विभिन्न चरणमा सांसद पण्डितको पहलमा उनकै निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिकाका विभिन्न वडा, बुढिगंगा गाउँपालिका र शुन्दरहरैँचा नगरपालिकामा पनि राहत वितरण गरिएको छ ।

सम्बन्धित समाचार

मान तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद तथा पुर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा...

भारत र अन्य देशबाट प्रत्येक दिन ६ हजारको उद्धार गर्न प्रस्ताव 

काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...

४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...

प्रविधिमैत्री बन्दै कानेपोखरीको सरस्वती आधरभूत विद्यालय

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...

कटहरी गाउँपालिकाले ल्यायो ५५ करोड ४९ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी...

अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्