बुटवल, ९ जेठ-प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि आजबाट सुरू भएको प्रदेश ५ को बजेट अधिवेशनमा उनीहरूले भाग लिन पाएनन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानाकारी दिए । बिहीबार नै ५० जना पत्रकारको आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको थियो ।