नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोना

 न्यूज विराट
नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोना

बाँके, ९ जेठ-नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० सहित २१ जनाले एकैपटक कोरोना जितेका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका उनीहरूमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए ।

उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरूलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य ४ जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

३ दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा २ पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । योससहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७० पुगेको छ ।

सम्बन्धित समाचार

प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् । ६ पटकसम्म अध्यक्षद्वयबीच...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...

आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना छ । नेपालको मौसममा पश्चिमी वायुको आंशिक...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

रोटरी क्लब अफ विराटगर डाउनटाउनद्वारा मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, ८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबले...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन

पोखरा, १९ असार-प्रधानमन्त्री केपी शर्मा ओली नै पदमा रहनुपर्ने माग गर्दै पोखरामा युवाहरूले प्रदर्शन गरेका छन् । शुक्रबार झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘केपी ओली जिन्दावाद’, ‘नागरिकता विधेयक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्