काठमाडौं, ८ जेठ-स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने चन्द्रगिरिका उत्तम कार्की थुनामुक्त भएका छन् । जेठ ४ गते स्वास्थकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका व्यक्ति छोड्नु पर्ने बताएपछि उनी आज छुटेका हुन् । उनलाई अबका दिनमा यस्ता प्रकारका व्यवहार गर्ने चेतावनी दिर थुनामुक्त गरिएको काठमाडौं महानगरीय प्रहरी प्रमुख एसएसपी श्याम ज्ञावलीले जानकारी दिए ।
कार्कीसहित चन्द्रागिरीका ७-८ जनाको समूहले बागमती प्रदेशका स्वास्थकार्मी नारायण कार्कीमाथि नागढुङ्गामा अभद्र व्यवहार गरेका थिए । उनले फेसबुक लाइभ गर्दै स्वास्थ्यकर्मीको झोला खानतलासी गरेका थिए । यसको भिडियोसमेत फेसबुकमा पोस्ट गरेका थिए ।