नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

 न्यूज विराट
नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकार सम्मेलमा नेपालको नयाँ नक्साले भारतको भूमि समेटेको आरोप लगाए ।

‘नेपाल सरकारले भारतीय भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ’ श्रीवास्तवले भने, ‘एकपक्षीय रुपमा गरिएको यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।’

श्रीवास्तवलेले यो नेपाल र भारतबीच विवादित सीमा क्षेत्रलाई द्विपक्षीय समझदारीका आधारमा टेकेर कुटनीतिक तवरले हल गर्ने कुराविरुद्ध रहेकोसमेत बताए ।

भारतले सीमा क्षेत्रका बारेमा भारतको अडान नेपाललाई राम्ररी थाहा भएका बताउँदै भारतीय सार्वभौमसत्ता र अखण्डतामाथि अन्यायपूर्वक हस्तक्षेप गर्ने कुरा सुधार गर्ने आशा लिएको समेत उनले बताए ।

‘नेपाली नेतृत्वले सीमा समस्यालाई कुटनीतिक संवादका माध्यमले हल गर्ने दिशामा सकारात्मक वातावरण बनाउने आशा गर्दछौँ ।’ श्रीवास्तवले भने । नेपालले लिम्पियाधुरा नेपालको भएको र कालापानीमा भारतीय सेनाको अनाधिकृत हस्तक्षेप भएकोमा निरन्तर विरोध गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालाई मातृशोक

विराटनगर । प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ । सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देव कुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र...

भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई...

कोरोना भाईरसको संक्रमणबाट थप एक जनाका मृत्यु

विराटनगर, ११ कात्तिक–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती १२ बजेर ५५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा सुनसरीको धरानका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

क्षतीपूर्तीको माग गर्दै विराटनगरका विमानस्थल पीडितले मन्त्री ढकाललाई लाई बुझाए ज्ञापनपत्र

विराटनगर, २० माघ । विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्