अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

 न्यूज विराट
अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको हो ।

परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो । ४ महिना अघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ । पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सिन्धुुलीबाट आएका कारण कोरोना सङ्क्रमण हुनसक्ने आशङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो ।

सम्बन्धित समाचार

१६ जनाकै परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टि

विराटनगर, चैत १५–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबै १६ जनामा नै कोरोनाको संक्रमण नभएको पाइएको छ । प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले...

बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने

बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

लद्दाख क्षेत्रमा फेरि हलचल

एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...

सीके राउतको पार्टीका कार्यकर्ताले कार्यालय प्रमुखलाई कालोमोसो दले अनि जनकपुर परिक्रमा गराए

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर जनकपुरधाम परिक्रमा गराएका छन् ।

मास्क कालोबजारी गर्ने विराटनगरस्थित अधिकारी मेडिकोका सञ्चालक पक्राउ

विराटनगर, ८ जेठ । तोकिएको भन्दा अत्याधिक मुल्य लिएर मास्क विक्रि गर्ने एक फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मास्कको कालोबजारी गर्ने विराटनगरस्थित कोसी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

नागरिक मैत्री सेवा दिनेछु : मोरङ एसपी चिमरिया

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्