रतुवामाईमा युवा संघको उदाहरणीय काम, अति विपन्न घरमा जोडिदियो बिजुली

 न्यूज विराट
रतुवामाईमा युवा संघको उदाहरणीय काम, अति विपन्न घरमा जोडिदियो बिजुली

विराटनगर, जेठ ६–मोरङको रतुवामाई नगरपालिकाका अति विपन्न ४ परिवारको घरमा राष्ट्रिय युवा संघले बिजुली जडान गरिदिएको छ । मदन आश्रित स्मृती दिवसको अवसर पोर राष्ट्रिय युवसंघ रतुवामाई नगर कमिटीले संगठनको आफ्नै खर्चमा आर्थिक अभावमा विद्युत लाइन जडान गर्न नसकेर अँध्यारोमा बस्दै आएका ४ घरमा विद्युत लाईन जडान गरिदिएको हो ।

युवा संघ रतुवामाईले वडा नं. ७ जामबाडीका सरकार हास्दा, गिता फुयाल, रत्नबहादुर कार्की र छत्र बहादुर बानियाको घरमा विद्युत जडान गरेको संयोजक राम कार्कीले जानकारी दिए ।

उनले जननेता मदन भण्डारी र आश्रितको नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै अति विपन्न परिवारलाई बिजुली बाल्न सहयोग गरिएको बताए । ‘उहाँहरुले अझैसम्म पनि बिजुुलीको अनुभव गर्नुभएको थिएन ।’ उनले भने,‘विद्युत विना अन्धकारमा बस्दै आएको हुनाले सम्पुर्ण सामाग्री र ५ महिनाको बिजुली बिल सहित सबै खर्च समेत हामी आफैले व्यहोर्दै जडान गरेका हौँ ।’

उनले हाललाई अरुको घरबाट मासिक शुल्क तिर्नेगरी विद्युत लाइन तानिएको बताए । कार्कीले चारवटै परिवारका लागि ५ महिनाको अग्रीमरुपमा एकमुष्ट शुल्क तिरीदिएर लाइन तानेको र लक डाउनपछी सवैको घरमा मिटर समेत राख्न पहल गरिने जानकारी दिए ।

अध्यक्ष कार्कीले उक्त घरहरुमा बिजुली जडान गर्दै आफुहरुले आर्थिक अवस्थाकै कारण विद्युत उपभोग गर्नबाट बञ्चित हुँदै आएका सवै घरमा उज्यालो बनाउने अभियानको सुरुवात गरेको जानकारी दिए । ‘जबसम्म रतुवामाईमा सवै अति विपन्न परिवारको घरमा अन्धकारको अन्त्य हुँदैन तब सम्म हाम्रो अभियान जारी रहन्छ ।’ उनले भने ।

उनले अति विपन्न जनताका आधारभुत आवश्यकता पूरा भएमात्र जननेता मदन भण्डारी र जिवराज आश्रितको योगदान र विचारको सम्मान हुने बताउँदै नेताहरुलाई यस तर्फ ध्यान दिन आग्रह गरे ।

अध्यक्ष कार्कीले भण्डारी र आश्रितको योगदान तथा विचारको सम्मानका लागि नेकपामा गुट र फुटको अन्त्य गरि एकजुट भएर शुखि नेपाली समृद्ध नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताए । घरमा बिजुली जोडिएपछी चारै परिवारका सदस्यहरु हर्षित भएका छन् ।

सम्बन्धित समाचार

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

कोरोनाबाट काठमाडौंका २० वर्षीय पुरुषसहित आठ जनाको मृत्यु

काठमाडौं, १० असोज-पछिल्लो २४ घण्टाको अवधिमा आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंका दुई पुरुषसहित आठ संक्रमितको निधन भएको हो । कोरोना संक्रमणबाट...

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...

एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्