नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

 न्यूज विराट
नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित भएसँगै सिंगो देश पनि खुसी हुने बताए । उनले नेपालको नक्सा सार्वजनिक भएको दिन नेपालमा दीपावली हुने बताए ।

उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका भूमि नेपालको रहेको पनि उल्लेख गरे । उनले १८ सालअघि त्यहाँका बासिन्दाले तिरो तिर्दै आएको र सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि नेपालीलाई त्यो भन्दा पश्चिमको भूभागमा जान रोक लगाएको उनले बताए ।

‘लिम्पियाधुरा कालापानी लिपुलेकसहित हाम्रो भूभाग हो । १८ सालसम्म त्यहाँ जनगणना तिरो उठाउने काम भएको थियो । त्यसपछि तिरो उठाउने जस्तो काम रोक्ने जाने नदिने जस्ता काम भए । र खासगरी १९६२ पछि भारतीय सेना कालापानीमा बसेपछि त्यसभन्दा पश्चिमको भूभाग जान हामी बल्क बयौँ । हामीलाई ब्लक गरियो । त्यसबेलाका शासकहरूले त्यसलाई सहयोग सहेर बसे ।’ उनले भने ।

सम्बन्धित समाचार

भाेलि र पर्सिकाे परीक्षा रोकिँदैन : त्रिवि

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले शनिबारका लागि तोकिएको प्रवेश परीक्षा नरोक्ने जनाएको छ । ९ माघबाट सम्पूर्ण परीक्षा रोक्ने निर्णय गरेको त्रिविले शुक्रबार हुने नियमित परीक्षा र शनिबारको प्रवेश परीक्षा हुनेमा शंका नगर्न भनेको छ । त्रिविका शिक्षाध्यक्ष...

कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं, ७ असार-आज बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौंमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा...

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार-नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे...

हप्तौँ पछि इटाली र फ्रान्समा देखियो आशाको सङ्केत

एजेन्सी, बैशाख ८-कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली र फ्रान्समा हप्तौँ पछि मृत्यु हुनेको संख्यामा कमी आएको छ ।फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ९५ नयाँ घटना दर्ता भएका छन्, जसमध्ये २ सय २७...

‘रअ’ प्रमुख मोदीको विशेष दूतको रूपमा नेपाल आएका हुन् : ईश्वर पोखरेल

काठमाडौं, ११ कात्तिक-उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट तथा संवादका लागि आएका बताएका छन् । उनले नेपाल सरकारको...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्