गुल्मीमा पनि देखियो कोरोना

 न्यूज विराट
गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानाकारी दिए।

संक्रमित पुरुष ४१ वर्षका हुन् । उनी गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहका रहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले पुष्टि गरे । संक्रमित पुरुष गाउँमै थिए । उनलाई निमोनिया भएको भन्दै बुटवलको १ अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।

उपचारमा ल्याउने क्रममै उनको पीसीआर परीक्षण गरिएको थियो । भैरहवा गहुबाली अनुसन्धान केन्द्रमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनी गाउँमै बस्दै आएका थिए । संक्रमण कसरी भयो भन्ने केही भन्न नसकिने गाउपालिका अध्यक्ष के.सीले बताए ।

‘उहाँ बाहिर कहि पनि जानु भएको थिएन । कसरी कोरोना भयो थाहा छैन’ उनले भने– ‘उहाँको सम्पर्कमा आउनु भएकाहरूको खोजी भइरहेको छ ।’ हाल संक्रमित बुटवलको १ अस्पतालमा उपचारत रहेको बताइएको छ ।

सम्बन्धित समाचार

मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

सेन्ट्रल मलले मनायो चौथो वार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सेन्ट्रल मलले शनिबार विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर शनिबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको...

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्