गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

 न्यूज विराट
गाईको बाछाे काटेर खाएको आरोपमा ३ जना पक्राउ

झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।

हिजो राति १० बजे रमेश दर्जीको घरमा ३ जना मिलेर बाछाे काटेर मासु खाएको र बाछाेको टाउको तथा २ वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेपछि आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानी झोडामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएकाे प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा गाईको बाछाे काटेको खुलेकाे हाे ।

सम्बन्धित समाचार

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

आजदेखि सरकार खर्चबिहीन

काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।...

कवाडी गोदाममा आगलागी अपडेट : घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर ७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । मण्डलको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका डिएसपी रन्जन कुमार...

लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक...

शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य...

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्