थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

 न्यूज विराट
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ५-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि-२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् । त्यस्तै, रौतहटकै माधवनारायाण नगरपालिका-३ का २८ वर्षीया महिला र बारा करैयामाई गाउँपालिका-५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टि भएका सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको भने ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवक रहेका छन् ।

सम्बन्धित समाचार

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला,...

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार विहान ११ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन् । यसअघि परिषद्ले संवैधानिक...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, ७ वैशाख=कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि...

अत्याधिक भीड लागेपछि इटहरीको तरकारी बजार उठाइयो

विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्