नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

 न्यूज विराट
नीति तथा कार्यक्रम माथिको छलफल आइतबार र सोमबार

काठमाडौं, ३ जेठ-कार्यव्यवस्था परामर्श समितिले जेठ ४ र ५ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

साभमुख अग्निप्रसाद साप्कोटाको अध्यक्षतामा आज बसेको बैठकले जेठ ४ र ५ गते २ दिन छलफल हुुने, सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरूलाई पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने निर्णय भएको संघीय संसद सचिवालयले जनाएको छ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानन्त्री केपी शर्मा ओली ६ गते दिनेगरी व्यवस्था गर्ने निर्णय पनि भएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

चितवनमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन,  १८ असोज-चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।  १६ असोजमा कोरोना संक्रमण देखिएपछि...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ भव्यरुपमा सम्पन्न

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ भव्यरुपमा सम्पन्न भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा

विराटनगर । विराटनगर ११, जनपथ टोलमा आज ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ नामक नयाँ तथा अत्याधुनिक मनोरञ्जन केन्द्र संचालनमा आएको छ । विकास गुरुडद्वारा सुरु गरिएको यस व्यवसायको शुभारम्भ नेपाली चलचित्रका चर्चित नायक...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु हुने ५३ हजार

विश्‍व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्‍वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।...

धान खेतमा गवारो र डडुवा रोग

विराटनगर, ८ भदा–खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको...

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्