एजेन्सी, जेठ २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले अमेरिका कोरोना भाइरसका कारण आधुनिक इतिहासको सबैभन्दा भयावह अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
रिक ब्राइट कोरोना भाइरसको खोप निर्माण गर्ने अभियानमा रहेको प्रमुख निकायको नेतृत्व गरिरहेका थिए । तर उनलाई गत महिना राष्ट्रपति ट्रम्पले हटाएका थिए ।
उनले ट्रम्पका सामू कोरोना भाइरस नियन्त्रणसम्बन्धी नीतिको विरोध गरेका कारण आफूलाई पदबाट हटाइएको बताए । तर ट्रम्प प्रशासनले उनीमाथि रिसाहा कर्मचारी भन्दै हटाएको थियो ।
ब्राइटले हाउस अफ रिप्रेजेन्टेटिभ्सको स्वास्थ्य समितिमा उनले सरकार कोरोना भाइरस नियन्त्रणका लागि सुरुदेखि नै निष्क्रिय बन्दा अहिले धेरै अमेरिकीले ज्यान गुमाउनुपरेको बताए ।