भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

 न्यूज विराट
भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका २ जना विराटनगर–६ सरौचियाका ३८ बर्षिय मुबारक हुसैन र सोहि ठाँउका २६ बर्षिय अख्तर आलम रहेका छन । उनिहरुले सुनसरीमोरङ औद्योगिक करिडोरमा काम गर्ने ४ जना भारतीय मजदुरलाई सीमा कटाईदिने सर्तमा प्रतिब्यक्ती भारु एक हजारका दरले रकम लिएका थिए ।

सीमा कटाउनैलाग्दा स्थानियवासीको सहयोगमा प्रहरीले भारतीय मजदुरसहित उनिहरुलाई समेत नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका बिरुद्ध अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

सीमा कटाउन लागिएका ब्यक्तीहरु भारत राजस्थानबाट कामगर्न अएका भारतीय मजदुरहरु हुन । उनिहरु सुनसरी मोरङ औद्योगिक करीडोरमा रहेको कमला स्टिलमा काम गर्दै आएका थिए ।

लकडाउनयता बुढीगंगा गाँउपालिकामा उनिहरु रोकिएका थिए । एक हजार भारुमा सिमा कटाईदिने कुराकानी भएपछि आफुहरु मंगलबार विराटनगर हुँदै सिमाक्षेत्र आइपुगेको मजदुरहरुले बताएका छन ।

सम्बन्धित समाचार

गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।...

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...

इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...

विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ । सरकारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानुन बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...

मोरङको रंगेलीमा घाँटी रेटेर महिलाको हत्या

विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो । स्थानीय बेचन यादवकी श्रीमती...

मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्