लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला

 न्यूज विराट
लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला

जनकपुर, ३० वैशाख-लकडाउनका बेला सिरहामा १ जनाको हत्या गरिएको छ ।सिरहाको लहानमा टाउको काटिएको अवस्थामा १ व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका-१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक शरदकुमार क्षेत्रीले जनाएको छ ।

घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ । उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । यद्यपि कसले र किन हत्या गरेको हो ? भन्ने नखुलेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए । प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको छ ।

सम्बन्धित समाचार

उपत्यकाभित्र लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव

काठमाडौं, १८ वैशाख-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष श्रेष्ठसहितको समूहले महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालको अर्थतन्त्रको...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा होराइजनको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको...

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

नेपाल-भारत सीमा विवाद : छाङ्गरुमा बीओपी, सीमा क्षेत्रमा बढाइए सशस्त्र प्रहरी

काठमाडौं, २९ वैशाख-सरकारले सीमा सुरक्षा बढाउँदै लगेको दाबी गरेको छ । निरन्तर बिओपी संख्या बढाउने र सुरक्षाकर्मीको संख्या पनि बढाउने निर्णय लिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । उनले विगतमा कमजोर उपस्थितिको कारण...

५ लाख रुपैयाँ घुससहित मातपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ

जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्