मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

 न्यूज विराट
मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो ।

४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो सुरुवात भइसकेको छ । निश्चित सुरक्षा सतर्कता अपनाएर होटल, कलकारखानालगायतका क्षेत्रहरू खुलेका छन् ।

यसअघि १२ मेसम्मका लागि तोकिएको लकडाउन ४ हप्ता बढाउँदै ९ जूनसम्म पुर्‍याएको मलेसियाली प्रधानमन्त्री तान सिर मुहाइदिन याशिनलाई उद्धृत गर्दै द स्टारले लेखेको छ । मलेसियाले जनवरी १ देखि भिसा सकिएका नेपालीसहित विदेशी नागरिकलाई लकडाउन सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ ।

यसरी स्वदेश फर्कंदा कुनै जरिमाना तिर्नु पर्दैन र मलेसियाली अध्यागमनमा कुनै कागजात पनि देखाउन पर्दैन । टिकट भएपछि सिधै स्वदेश फर्कन सकिन्छ । यस्तै, मलेसियाले लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय पनि पछाडि धकेलिएको छ ।

सम्बन्धित समाचार

मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

घर हिँडेकाको उचित व्यवस्थापन होस् : कमल थापा

काठमाडौं, ५ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले लकडाउन गरेपछि उपत्यकामा बसेर ज्याला मजदुरी गर्नेहरू समस्या परेका छन् । लगातारको लकडाउनका कारण कार्य क्षेत्र बन्द भएपछि खर्च अभावमा विभिन्न जिल्लाबाट...

प्रदेश २ को चौथो अधिवेशन सुरू

जनकपुर, २२ जेठ-प्रदेश २ सरकारको प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरू भएको छ । बजेट ल्याउनु पर्ने चटारोका कारण प्रदेश २ को चौथो अधिवेशन कोरोना महामारीको त्रासकाबीच सुरू भएको हो । अधिवेशनमा प्रस्तुत गरिएकोे आगामी आर्थिक...

बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका– ४ थुमीमा बुहारीको कुटाइबाट स्थानीय ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै भाइबुहारी डल्ली बराम र उनकी...

सुनसरी प्रहरीको डिएसपी नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्