भारतले लखेटेपछि दशगजामै बास

 न्यूज विराट
भारतले लखेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख-भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए ।

भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका-१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

‘मजदुर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ।’

भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना संक्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए ।

भारतबाट आएर दशगजाबाट लुकिछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए ।

‘नेपाल प्रवेश गर्न नदिने निर्देशनविपरीत लुकीछिपी प्रवेश गरेको पाइएकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन। हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ। उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’

प्रदेश ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ। ‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’

सीमा क्षेत्रमा अहिले पनि १ सय भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ। ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने। गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ। भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए। रासस

सम्बन्धित समाचार

एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह...

इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापना

विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो, अवैध कामदारले देश छाड्ने समय १४ दिन धकेलियो

काठमाडाैं, २८ वैशाख-मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपेको छ । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४...

‘सीमा क्षेत्रमा अलपत्र परेका नेपालीकाे उद्धार गर्नू, लकडाउन खुकुलाे पार्नू’

काठमाडाैं, २९ वैशाख-संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गरी लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले कोरोना भाइरस...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...

कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको...

क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया, ६ असार-बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २ साताअघि काठमाडौंबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्