विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

 न्यूज विराट
विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो । तर, बैठकमा पेस गर्ने एजेण्डाका विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

बैठकअघि भएका विभिन्न चरणका छलफलमा नेताहरू एकठाउँमा उभिन नसकेपछि सचिवालय बैठक त्यत्तिकै भाँडिएको थियो । बैठकपछि २ अध्यक्षबीच भएको छलफलमा पनि सहमति नजुटेपछि भोलिको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

सम्बन्धित समाचार

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

प्रदेश २ मा थप ८८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु 

जनकपुरधाम,  १६ भदौ-प्रदेश २ मा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जनामा...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

जसपाको ठाकुर-महतो पक्षले गर्यो निर्वाचन घोषणाको स्वागत, प्रधानमन्त्रीसँग अरु बिकल्प नरहेको ठहर

काठमाडौं, जेठ ८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ। जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी...

लकडाउनले छोएन सरकारी वकिल कार्यालयलाई, विगतमा भन्दा बढी चाप

सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि...

पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्