प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

 न्यूज विराट
प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् ।

उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गरेको कांग्रेसले जनाएको छ । साथै देशभर पीसीआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न सभापति देउवाले माग गरेका छन् ।

उनले कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै, सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको नतिजा पुनः पोजेटिभ

टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान बुद्धभूमि नगरपालिका-३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

अमरेशलाई कारबाही नगरे हामी नै राजीनामा दिन्छौँ भन्दै सर्लाहीबाट देउवालाई १२ नेताको चिट्ठी

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीकाे माग गर्दै उनकाे गृह जिल्ला सर्लाहीका १२ जना कांग्रेसीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् । सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायतका नेताले हिजाे बिहीबार पत्र...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्