काठमाडाैं, २४ वैशाख-राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे ।
२६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भोलि बिहान १० बजेदेखि सांसदहरूको पीसीआर टेस्ट हुने भएको हो ।