ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

 न्यूज विराट
ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलायका सदस्यहरू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसेका छन् । बैठककै बीच बाहिरिएका ओलीको प्रतीक्षामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सदस्यहरू सरकारी निवास बालुवाटार बसेका छन् ।

बैठककै क्रममा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओलीले म थाकेँ भन्दै शयनकक्षतर्फ लागेको बालुवाटार स्रोतले बतायो । ‘प्रधानमन्त्री आराम गर्न जानु भएको हो । बैकमा पुनः सहमागि हुनुहुन्छ’ प्रधानमन्त्री ओली निकटका एक नेताले भने ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् । तर, बहुमत सचिवालय सदस्यहरू त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । प्रक्रिया पूरा नगरी राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी २ अध्यादेश ल्याएपछि पार्टीभित्रै ओली घेराउमा परका छन् । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी बैठकका एजेण्डा के के हुने भनेर आज सचिवालयले निर्णय गर्ने बताइ तापनि विवाद झन बढेको छ ।

नेकपाको सचिवालय बैठक २० वैशाखमा पनि बसेको थियो । उक्त बैठकमा विवाद मिलेको बताए पनि दुई दिनपछि पुनः विवाद सुरु भएको छ । विवादका बीच आज पुन: सचिवालय बैठक बसेको छ । नेकपाको ९ जनाको सचिवालयमा २० गतेको बैठकमा ओली बहुमतमा थिए भने प्रचण्ड नेपाल समूह अल्पमतमा ।

सम्बन्धित समाचार

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानवादीहरू आन्दोलित

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रर्दशन...

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्