संघीय संसदको महासचिवमा गौतम सिफारिस

 न्यूज विराट
संघीय संसदको महासचिवमा गौतम सिफारिस

काठमाडौं, २२ वैशाख-संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस भएका छन् । गत २ चैतमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सो पद रिक्त थियो ।

संसदको बजेट अधिवेशन २६ वैशाखबाट सुरु हुने भएपछि गौतम महासचिवमा सिफारिस भएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका हुन् ।

२०४८ सालपछि अहिलेसम्म ४ जनाले महासचिवको जिम्मेवारी निर्वाह गरेका छन् । २०४८ देखि २०५३ सम्म जीवनलाल सत्याल, २०५३ देखि २०५८ सम्म ईश्वरीप्रसाद उपाध्याय, २०५३ देखि २०५८ सम्म सूर्यकिरण गुरुङ र २०५८ देखि २०६४ सम्म (२ कार्यकाल) र २०६४ देखि २०७६ सम्म ३ कार्यकाल मनोहरप्रसाद भट्टराईले जिम्मेवारी सम्हालेर अवकाश पाएका हुन् ।

सम्बन्धित समाचार

विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा,  ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्...

मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान...

नेकपा नेता सरदारद्धारा दैनक मजदुरी गर्ने डेढ सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, चैत १४–गत चैत ११ देखि सुरु भएको ‘लक डाउन’ का कारण जिवन यापनमा समस्या भएपछी नेपाल कम्युनिष्ष्ट पार्टी (नेकपा) मोरङका सदस्य सुभाषकुमार सरदारले मोरङको कटहरी गाउँपालिकामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने विपन्न दलित...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

बुढिगंगामा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ६ मंसिर । मोरङको बुढिगंगा गाऊपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

विराटनगरमा सहकारी अभियान्ताहरुबिच होलीको शुभकामना आदानप्रदान

विराटनगर । विराटनगरमा सहकारी अभियान्ताहरुबिच होली पर्वको शुभकामना आदानप्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान गरिएको हो ।कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्