प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

 न्यूज विराट
प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर, बैशाख २२-विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचार गराइरहेका उदयपुरका २८, भोजपुरका १ र झापाका २ जना संक्रमितकाे अवस्था सामान्य रहेको काेसी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. संगीता मिश्राले जानकारी दिइन् ।

अस्पतालमा रहेकाहरूमा कोरोनाको सामान्य लक्षण पनि देखा नपरेको चिकित्सकले बताएका छन् । सामान्यतः कोरोना सङक्रमितमा उच्च ज्वरो, घाँटी दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छ । तर, प्रदेश १ का संक्रमितमा यस्ता कुनै पनि लक्षण नदेखिएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्राले बताइन् ।

उनका अुनुसार अस्पतालमा उपचाररत ३१ जना कोरोना सङक्रमितमध्ये २९ जना मुस्लिम समुदायका हुन् । उनीहरू सबैको नियमित परीक्षण र उपचार भइरहेको छ । संक्रमितमध्ये ६० वर्षमाथिका ३ जनामा मधुमेह र १ जनामा उच्च रक्तचापको समस्या भए पनि उनीहरूमा समेत काेराेनाकाे लक्षण देखिएकाे छैन ।

संक्रमितहरूमध्ये पहिलो चरणमा भर्ना भएका उदयपुरका १३ जनाको शुक्रबार स्वाबको नमूना संकलन गरी परिक्षण गरिएको थियो । सोमबार पुनः दोस्रो पटक परीक्षण गरिएकाे मेसु डा. मिश्राले जानकारी दिइन् । उनले रिपोर्ट अहिले नै सार्वजनिक गर्न नमिल्ने बताइन् ।

संक्रमित बिरामीको हरेक १४ दिनमा स्वाब परीक्षण गर्ने गरिन्छ । यो परीक्षणमा पोजेटिभ रिपोर्ट आए थप १४ दिन उनीहरू अस्पताल बस्नुपर्ने हुन्छ भने नेगेटिभ रिपोर्ट आएमा लगातार दुई परीक्षण गरी डिस्चार्ज गरिन्छ ।

७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले पूर्ण सुरक्षा र सर्तकताका साथ कोरोना संक्रमित बिरामीहरूकोे उपचार गरिरहेका छन । यद्यपि, उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वयं पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मेसु डा.मिश्राले बताइन् ।

कोभिड १९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । संक्रमितको नियमित जाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको मेडिकल सुप्रिटेन्डेन्ट डा. मिश्राले जानकारी दिइन् ।

डा. मिश्राका अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याएदेखि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको छ । त्यसयता हालसम्म केन्द्रमा १ हप्ताको फरकमा २६ जनाको ३ वटा टोली प्रत्यक्ष रूपमा संक्रमतिको उपचारमा संलग्न रहँदै आएको छ । उनीहरूको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको डा. मिश्राले बताइन् ।

उदयपुरबाट संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकित्सकहरूको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरूको क्वारेन्टाइन समय जोडिने डा. मिश्राले बताइन् । सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाईको समय पूरा भइनसकेको बताउँदै डा. मिश्राले क्वारेन्टाइनमा प्रक्रिया पूरा भएपछि सबैजना काेसी अस्पतालको नियमित काममा फर्कने बताइन् ।

३ ठाउँबाट स्वाव परक्षण, २ ठाउँबाट उपचार

संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि प्रदेश सरकारले विराटनगरमा कोभिड–१९ उपचार केन्द्र तथा धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष उपचारकाे व्यवस्था गरेकाे छ ।

आवश्यक परेको खण्डमा धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेड क्षमता वृद्धि गरेर १ हजार बेडको कोरोना विशेष अस्पताल बनाउन सकिने प्रदेशका सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता बताउँछन् ।

उनले विराटनगरस्थित कोभिड अस्पताल, पशु क्वारेन्टाइन ल्याब र बीपी प्रतिष्ठान धरानबाट नियमित स्वाबको नमूना परीक्षण भइरहेको जानकारी दिए । कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथाम गर्न प्रदेश सरकारले विशेषतः आफ्नो उपचार क्षमता बढाउने विषयमा जोड दिएको छ ।

सम्बन्धित समाचार

सत्कार कलेजमा भव्य विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित सत्कार होटेल एण्ड टुरिजम स्कुलले आफ्ना १२ कक्षाका विद्यार्थीहरूलाई भव्य विदाई समारोहको आयोजना गरेको छ। एकै कार्यक्रममा कलेजले ११ कक्षाका विद्यार्थीहरूलाई औपचारिक स्वागत समेत गरेको छ।शुक्रबार आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल सकल देव...

कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि दबाब दिने

काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन...

आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित...

शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन

विराटनगर । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया र प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले शतप्रतिशत नतिजा दिनेगरी कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । केहीदिन प्रमुख प्रशासकिय अधिकृत नहुँदा नगरको काम सामान्यरुपमा प्रभावित भएपनि अब...

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा शनिबार थप २७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार २४७ पुरुष र ३६ जना महिला गरि २७३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्