इटाली, फ्रान्स र र स्पेनमा मृत्यु हुनेको संख्यामा कमी

 न्यूज विराट
इटाली, फ्रान्स र र स्पेनमा मृत्यु हुनेको संख्यामा कमी

एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

यसैबीच फ्रान्सका चिकित्सकहरुले कोरोना विरामीको नयाँ नमुनाका आधारमा गत वर्षको जस्तै सामान्य अवस्थामा पुगेको भन्न सकिने दाबी गरेका छन् ।

पेरिसका चिकित्सकका अनुसार २७ डिसेम्बरमा नै कोरोना संक्रमण पाइएको थियो । फ्रान्सले त्यसको केही सातापछि आधिकारिक रुपमा कोरोना भाइरसको पुष्टि गरेको थियो ।

मार्चपछि एक दिनमा १३५ जनाको मृत्यु भएको यो पहिलो तथ्यांक हो । फ्रान्समा ११ मे देखि लगाएको लकडाउन हटाउने तयारी भइरहेको छ ।यसपछि बच्चाहरु विद्यालय जान सक्नेछन् भने केही कारोबार खोल्ने र अनुमति नलिएर पनि एक सय किलोमिटर सम्म जान पाउनेछन् ।

आइतबार फ्रान्सका स्वास्थ्यमन्त्रीले नयाँ संक्रमणमा कति कमी आउँछ त्यसमा नै अन्य कुरा निर्भर हुने बताएका थिए । फ्रान्समा अब ईयू र बेलायतबाट आउनेलाई दुई साता क्वारेन्टाइनमा समेत राखिनेछैन ।

स्पेनमा पछिल्लो २४ घन्टामा १६४ जनाको मृत्यु भएको छ । यो पछिल्लो डेढ महिनाकै कम मृत्यु हो । सात हप्तापछि शनिबार वयस्कलाई पनि घरबाहिर निस्कन दिइएको थियो ।

आजदेखि मानिसहरु सार्वजनिक यातायातमा मास्क लगाएर यात्रा गर्न सक्नेछन् भने केही कारोबार खुला हुनेछन् ।इटलीमा पनि दुई महिनामा सबैभन्दा कम मृत्यु पछिल्लो २४ घन्टामा भएको छ । त्यहाँ १७४ जनाको मृत्यु भएको छ । इटलीमा लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यद्यपि विद्यालय, सिनेमाघर र सपिङ मल भने बन्द रहनेछन् ।

इटलीमा हालसम्म २८ हजार ८८४ जनाको मृत्यु भइसकेको छ । इटलीमा अमेरिकापछि सबैभन्दा बढी नागरिकको मृत्यु भएको छ । अमेरिकामा ६८ हजार ५९८ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

विराटनगरको विरोधसभामा झलनाथ खनालले भने ‘ओली १ नम्बरका ठग हुन्’

विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू नै आधिकारिक नेकपा भएको बताएका छन् । प्रचण्ड-नेपाल समूहले मोरङको विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै...

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, १४ जेठ-बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र...

भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज...

गुजरातको रासायनिक कारखानामा विस्फोट

भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

सीमा क्षेत्रमा तस्करी बढ्यो, एक महिनाभित्रमा रोक्न गृहमन्त्रीको निर्देशन

विराटनगर । सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिना भित्र पूर्ण रुपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्