उत्तर र दक्षिण कोरियाली सेनाबीच असैन्यकृत क्षेत्रमा गोली हानाहान

 न्यूज विराट
उत्तर र दक्षिण कोरियाली सेनाबीच असैन्यकृत क्षेत्रमा गोली हानाहान

एजेन्सी, बैशाख २१ -उत्तर र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैन्यकृत क्षेत्रमा दुई कोरियाका सेनाबीच गोली हानाहान भएको हो ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको जनाएको छ । त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान सुरु भएको दक्षिण कोरियाले जनाएको छ। घटनामा कुनै हताहती भने नभएको बताइएको छ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ। सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना भएको हो ।

करिब तीन सातामा उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक रूपमा देखिएको २४ घण्टापछि नै उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो । दोस्रो विश्वयुद्ध अन्त्यसँगै विभाजित बनेका दुई कोरिया प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

सप्तकोसी बैंक घोटाला प्रकरण : उच्चले थुनामा पठाउने आदेश सर्वोच्चबाट पनि सदर

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोसी विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ ।सुवेदीसहित बैंकका तत्कालीन लेखा...

ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् । नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,...

आज एकै दिन १ सय २ जनाले जिते काेराेना, निकाे हुनेकाे संख्या ४ सय ६७

काठमाडाैं, २५ जेठ-नेपालमा आज एकै दिन १ सय २ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको...

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण, सचिवमा अनिल श्रेष्ठ

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविन कुमार कर्ण चयन भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष...

विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्