मायादेवी मन्दिरमा दैनिक पूजा

 न्यूज विराट
मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरिएको हो ।

विश्वशान्तिको कामना गर्दै भिक्षुहरुले सिद्धार्थ गौतमकी माता मायादेवी मन्दिर तथा विहारमा दैनिक पूजाआजा र ध्यान गरिरहेको विकास कोषका कर्मचारी चन्द्र पाठकले जानकारी दिए ।

बन्दाबन्दीका समयमा बाहिरबाट भिक्षु तथा बुद्धधर्मका अनुयायी लुम्बिनी जान नपाए पनि लुम्बिनीमै बस्ने भिक्षुले दैनिक पूजा गर्ने व्यवस्था गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । आन्तरिक र बाह्य गरी वार्षिक १२ देखि १५ लाखसम्म पर्यटक आउने लुम्बिनीमा बन्दाबन्दी सुरू भएसँगै पर्यटक आगमन शून्य छ ।

सम्बन्धित समाचार

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो । थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६...

विश्व वातावरण दिवसको अवसरमा ५ सय कागतीका बिरुवा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...

अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...

लेखा अधिकृतको मागलाई कर्मचारी संगठनको साथ

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...

बाबुरामले भने : लोकतन्त्रका हत्यारादेखि सावधान

समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध गम्भीर अपराध गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले कोरोनाविरुद्ध लड्नुपर्ने यस्ताे संकटकालिन अवस्थामा सरकारले अध्यादेश...

अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

सप्तरी, बैशाख २०–सप्तरीको रुपनी गाउँपालिकाको एक पेट्रोप पम्पमा प्रहरीकै मिलेमतोमा कालोबजारी हुने गरेको पाइएको छ । रुपनी गाउँपालिका–२ स्थित अधिकारी आयल स्टोरले प्रहरीकै मिलेमतोमा डिजेल र पेट्राल दर रेट भन्दा अत्याधिक मुल्य लिएर बिक्रि गर्ने...

विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ११ भदौ-विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्