प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

 न्यूज विराट
प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्। प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको छ ।

चीनले गरेको सहयोगको प्रसंशा गदै प्रचण्डले राजदूत यान्छीलाई धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको प्रचण्डको सचिवालयले बताएको छ । जवाफमा राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

चीनले नेपाललाई कोरोेना रोकथाम तथा उपचारका सहयोग उपलव्ध गर्दै आएको छ । पछिल्लो पटक नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

कोरोना भाइरस रोकथामका लागि सहयोग गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि चिनपिङलाई पत्र नै पठाएका थिए । आज बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र राजदूत यान्छीबीच पनि भेटवार्ता भएको छ ।

सम्बन्धित समाचार

बालबाटिका स्कुल नेशनल एकेडेमीले किन्यो, छराहाङ्गले बेमानी गरेको नेशनल एकेडमीको आरोप

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुल विराटनगर १० मा रहेको नेशनल एकेडमीका संचालकहरुले किनेको छ । नयाँ शैक्षिक सत्रदेखि साविकको बालवाटिका स्कुल नेशनल एकेडमी नामकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन...

भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक,...

लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

काठमाडौं, १९ वैशाख-लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा पर्न थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनमा सीमित समयमा खुल्ने सीमित पसहरूले पनि ठगी गरेको गुनासो आएपछि अनुगमनलाई निरन्तरता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै

विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...

भोलिबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

म्याद गुज्रिएका वस्तु विक्रिवितरणको गुनासो बढेपछी सप्तरीमा अगुगमन तिब्र

सप्तरी, बैशाख २६–म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरणको गुनासो बढेपछी सप्तरीमा अनुगमनले तिब्रता पाएको छ । उपभोक्ता एवम विभिन्न समाजिक संजालमा उपभोग्य समानहरुको मूल्य र गुणस्तरीताको बारेमा गुनासो बढेपछी अनुगमनले तिब्रता पाएको हो। प्रशासनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्