श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

 न्यूज विराट
श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना व्यक्त गरेका छन् । ‘विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ, यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको छ’ सन्देशमा भनिएको छ, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न शहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

देशका विभिन्न भागबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जनसमुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याउनुपर्ने कर्तव्य सबैको भएको सन्देशमा उल्लेख छ । १ मे १८८६ मा अमेरिकाको शिकागोमा ८ घण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

नेपालमा २००३ मा विराटनगर जुट मिलबाट सुरू भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई गर्वका साथ स्मरण गरेको कुरा सन्देशमा छ ।

‘कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपिल गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु’ सन्देशमा भनिएको छ ।

सम्बन्धित समाचार

न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण, के–के छन् प्राथमिकता ?

विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज...

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

लाहन,  १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...

पार्टी मजवुत बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुन जरुरी छ : सांसद मण्डल

विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...

नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स...

निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्