आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

 न्यूज विराट
आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् ।

१३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।‘उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु’ उनले सन्देशमा भनेका छन्, ‘एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर पसेका, तर शहरले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौँ नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन् । युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् ।’

प्रधानमन्त्री ओलीले कोरोना महामारीले श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको बताएका छन् । उनले श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको सन्देशमा उल्लेख गरका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाले सिर्जना गरेको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको बताएका छन् । उनले यो कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा ऐक्यबद्धता जाहेर गरेका छन् । १ सय ३१ बर्षदेखि औपचारिक रुपमा आजको दिन संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले सुरू गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो ।

श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ ।नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीका ६ जना घाइते

काठमाडौं, २५ जेठ-नवलपरासीमा गोली चलेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्ने सवारी चेकजाँच गर्ने क्रममा चेक पोष्टमा रहेका सशस्त्र प्रहरीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका-५...

जो बाइडेन काश्मिरीको पक्षमा

एजेन्सी, असार १२-अमेरिकी राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् । ट्रम्प प्रशासन भारतसँग निकै नरम देखिदै आएको छ । तर यो...

झण्डै ६ महिनादेखि थन्किएका सवारी साधन आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं,  १ असोज-झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो दुरीका सवारी साधन आजदेखि सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत ११ चैतमा देशव्यापी लकडाउन गरिएपछि यातायात सेवा ठप्प थियो ।  ६ महिना...

हिमालय दर्शन कलेजमा शेफ प्रतियोगिता, विराट विक्टोरियाले जित्य उपाधि

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ ।कलेज परिसरमा शुक्रबार शेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्