रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

 न्यूज विराट
रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

बम विष्फोटमा परी चारै बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।उनका अनुसार मृत्यु हुनेमा १४ वर्षीय नोखिराम डाँगी, वर्ष ११ का बिमला खत्री, १३ वर्षीय गौरव नेपाली र ५ वर्षका विजय खत्री रहेका छन् ।

बाख्रा चराउन गएका उनीहरुको बेलुका साढे ६ बजे बिष्फोटमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धानका घटनास्थलमा अहिले प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको र जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुखसहितको टोली गइरहेको प्रहरी नायब उपरिक्षक गुरुङले बताए ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...

रोजगारमुखी शिक्षा आजको आवश्यकता

विराटनगर । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । अल्फाबिटाले विराटनगरमा शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् । उनीहरूले...

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

प्रहरी हिरासतको पर्खाल भत्काएर ६ थुनुवा फरार

विराटनगर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको...

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ...

देउवाको दावी नै अवैधानिक, यस्तो छ संबिधानमै किटानी ब्यवस्था

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुझाएको सांसदको हस्ताक्षर नै अबैध रहेको देखिएको छ । आफ्नो पक्षमा बहुमत सांसद पुगेको भन्दै देउवाले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित हस्ताक्षर बुझाए पनि सो बहुमत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्