सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।
मृत भेटिएकामध्ये १ पोथी, ३ भाले र २ वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार १ मृगको बिना निकालिएको र २ को शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ ।
पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । करिब १० दिनअघि ती मृग मारिएको हुनसक्ने अनुमान गरिएको छ ।
मृगलाई खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ ।