कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

 न्यूज विराट
कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

एजेन्सी, बैशाख १४-कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका छन् ।

उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैैँ काम गर्न थाल्ने बताएका हुन् । प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा ३ रात बिताएका थिए । त्यसपछि १ हप्ता सामान्य शय्यामा बसेका थिए ।सघन उपचार कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा याे महामारीबाट अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडि अमेरिका, इटाली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २ हप्तामा बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

रवि आधारभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

पछिल्लो २४ घण्टामा प्रदेशमा १ थपिए ३४३ संक्रमित

विराटनगर, २१ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर...

विराटनगरका पिन्टु मिस्टर नेपालको भोटिङ राउन्डमा, यसरी गर्न सक्निछ भोट

विराटनगर । विराटनगरका पिन्टु स्यानल मिस्टर नेपाल २०२४ को फाइनलमा पुगेका छन् ।महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत स्यानललाई समर्थन गर्न चाहने मतदाताहरूले इसेवा एपमा गई मिस्टर नेपाल २०२४ टाइप गरेर भोट दिन सक्नेछन्।यस...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्