व्यापारी सुलभ अग्रवालविरुद्ध १० वर्ष कैद माग्दै प्रहरीले बुझायो प्रतिवेदन

 न्यूज विराट
व्यापारी सुलभ अग्रवालविरुद्ध १० वर्ष कैद माग्दै प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं, १४ वैशाख-कालो बजारी गरेको आरोपमा शंकर समूहका सञ्चालक सुलभ अग्रवालविरुद्ध अनुसन्धान सकिएको प्रहरीले जनाएको छ ।अग्रवाललाई कालो बजारी, कृत्रिम अभाव सिर्जना गरेको, नाफाखोरीसहितका ३ वटा बेग्लाबेग्लै अभियोगमा कुल १० वर्ष कैद र १५ लाख ७८ हजार बिगो दाबीसहित मुद्दा दर्ता गर्न माग गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सरकारी वकिलको कार्यालयमा प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाए पनि मुद्दा दायर भने भएको छैन ।जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालो बजारी गरेको आरोपमा २५ चैतमा पक्राउ परेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले ६७ थान थर्मलगनसहित नक्सालबाट उनलाई पक्राउ गरेको थियो । उनीमाथि ३ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेचेर कालो बजारी गरेको आरोप छ ।

अग्रवाल किर्गीस्तानका अवैतनिक महावाणिज्यदूतसमेत हुन् । प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९सीसी १ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको थियो ।

नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरेर अग्रवालले चीनको ग्वाङझाओबाट ४ टन मेडिकल सामग्री ल्याएका थिए । सो सामान प्रचलित कानुनले तोकेभन्दा बढी नाफा लिएर बिक्री गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

सम्बन्धित समाचार

टिपरको ठक्करबाट बेलबारीमा स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका २ किस्तीपुलमा टिफरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोक तर्फ जादै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८...

विराटनगरमा निस्कियो रथयात्रा

विराटनगर । विराटनगरमा आज चार बजे राधाकृष्णको रथयात्रा निस्किएको छ । विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुजाअर्चना गरेपछि रथ निस्किएको हो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा...

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको सवारी दुर्घटनामा मृत्यु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी उनको...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौं, जेठ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

सिटी सफारीमा छोडिएको साढे तीन लाखको गहना ट्राफिक प्रहरीको सक्रियतामा धनीलाई दिइयो

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा सिटी रिक्सामा छोडिएको साढे तीन लाखको सुनको गरगहना फेला परेको छ ।विराटनगर–१ पोखरीया बस्ने गणेश श्रेष्ठको आइतबार साढे ३ लाख रुपैयाँ बराबरको सिटी रिक्सामा हराएको सुनको गहना...

सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यन्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यन्वयन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालहरूले बताएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने बताएका...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्