आइतबार एकै दिन ३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोरोना संक्रमण देखिएका तीनै जना पुरुष र ५० वर्षीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए ।
आइतबार दिउसो पर्साका २ जना ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले गरेको थियो भने साझ झापाका १ जना सोही उमेरका पुरूवमा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो ।
पर्साका दुबै जनाको स्वास्थ्य अवस्थामा सामान्य रहैको र आइसोलेसमा राखिएको जनाइएको छ । त्यस्तै झाफाका पुरुषको पनि अवस्थामा सामान्य रहेको र अस्पतालमा राखेर उपचार गरिएको जनाइएको ऊछ ।
हालसम्म नेपालमा ५२ जना कोरोना संक्रमित पुगेका छन् भने १६ जना उपचारपछि घरमा फर्किएका छन् । नेपालमा पहिलोपटक चीनबाट आएका युवकलाई ९ माघ २०७६ मा नेपालमा कोरोना संक्रमण देखिएको थियो ।