चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

 न्यूज विराट
चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ ।

चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि हावा सफा भएको छ । प्रशासनले सो क्षेत्रको हावाको शुद्धताका लागि राखेको लक्ष्य पूरा गरेको छ ।

स्थानीय अधिकारीहरूले भने कोरोना भाइरसका कारण लकडाउन नगरीकनै यो लक्ष्य पूरा गर्ने लक्ष्य राखेका थिए । प्रान्तीय पर्यावरण ब्यूरोका उपप्रमुख ही लिताओले अक्टोबरदेखि मार्चको अवधिमा पीएम २.५ को औसतमा समग्रमा १५ प्रतिशतले कमी आएको छ । साथै, सल्फरडाइअक्साइडमा समग्रमा एकतिहाइ कमी आएको छ ।

पूरै चीनमा वातावरण प्रदूषणमा कमी आएको छ । गत वर्षको अन्त्यमा कोरोना संक्रमण देखिएपछि लकडाउन गरिएको थियो । त्यसपछि सडकमा सवारी र उद्योग कलकारखाना बन्द भएका थिए ।

विशेषज्ञले यसै कारण प्रदूषणमा कमी आएको विश्वास गरेका छन् । अझै पनि लाखौँ मानिसहरू घरमै रहेका छन् । जसका कारण सन् २०२० को सुरूवाती ३ महिनामा ३ सयभन्दा बढी फोक्सोमा नोक्सान पुर्‍याउने पीएम २.५ कणको मात्रा करिब १५ प्रतिशतले कमी भएको दाबी गरिएको छ ।

सांघाईमा विशालु ग्यासको उत्सर्जनमा पहिलो ३ महिनामा करिब २० प्रतिशतले कमी आएको छ भने वुहानमा मासिक औसत गतवर्षको तुलनामा १ तिहाइले कमी आएको छ ।

हुबेई प्रान्तकाे पर्यावरण ब्यूरोले प्रतिकूल अवस्थामा पनि आफ्नो निर्णयमा कायम रहेर सही पालना गरेका कारण स्थानीय स्तरमा प्रदूषण कमी गर्न सहयोग पुगेको बताएको छ ।

सम्बन्धित समाचार

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

प्रदेशको नामकरण पहिलो प्राथमिकता: मुख्यमन्त्री राई

विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान...

विराट गोल्डकप : आज साविक विजेता एपीएफ र भुटान खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल...

पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले...

१० करोडको लगानीमा विराटनगरमा ‘हाजि आँखा’ अस्पताल संचालन, ५० जनाले पाए रोजगारी

विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...

वायूप्रदुषणले आक्रान्त दिल्लीमा लकडाउनको तयारी : स्कुल र सरकारी कार्यालय बन्द

एजेन्सी, २९ कात्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो । वीरगञ्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्