कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

 न्यूज विराट
कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार संक्रमितमध्ये १ लाख १० हजार बढी व्यक्ति निको भएका छन् ।

त्यस्तै, जर्मनीमा पनि कोरोना संक्रमणमुक्त हुनेको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ झण्डै १ लाख १० हजार व्यक्ति उपचारपछि निको भएका छन् । जर्मनीमा संक्रमितको संख्या १ लाख ५६ हजार पुगेको छ ।

त्यस्तै, स्पेनमा ९२ हजार, चीनमा ७७ हजार, इरानमा साढे ६६ हजार, इटालीमा ६० हजार ४ सय, फ्रान्समा ४३ हजार, ब्राजिलमा २७ हजार, स्विट्जरल्याण्ड, टर्कीमा समान २१ हजार, क्यानाडामा साढे १५ हजार, अस्ट्रियामा ११ हजार, बेल्जियममा १० हजार, आयरल्याण्डमा ९ हजार, चिलीमा ६ हजार, दक्षिण कोरियामा ८ हजार ६ सय, मेक्सिको, पेरुमा ७–७ हजार, डेनमार्क, रसिया, अष्ट्रेलियामा समान ५ हजार व्यक्ति किनो भइसकेका छन् ।

दक्षिण एसियाका भारतमा ५ हजार ४ सय, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा ११२, अफगानिस्तानमा १८८, श्रीलंकामा १०९, माल्दिभ्समा १६, नेपालमा ११ र भुटानमा ३ जना कोरोना मुक्त भइसकेका छन् । हालसम्म विश्वका २१० देश कोरोना संक्रमणबाट प्रभावित भएका छन् ।

शनिबार बिहानसम्म संक्रमितको संख्या २८ लाख ३१ हजार नाघेको छ । जसमध्ये ८ लाख ६ हजार व्यक्ति निको हुँदा १ लाख ९७ हजारले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले...

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौं, ६ असोज-केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...

बालवालिकाहरुलाई साइबर सुरक्षा सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च...

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्