काठमाडौं, १२-वैशाखअघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब सिर्जना भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाेकका छन् । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएसँगै दुवै अध्यादेश फिर्ता लिन चाैतर्फी दबाब सिर्जना भएको थियो ।
यी २ अध्यादेशका बारेमा प्रतिपक्ष दलहरूले मात्रै नभई सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अधिकांश नेताहरूले समेत आपत्ति जनाएका थिए । आजकाे बैठकमा जारी भइसकेका २ अध्यादेश फिर्ता लिने विषय र लकडाउनका विषयमा छलफल हुने बताइएकाे छ ।
पछिल्लो पटक थपिएको लकडाउनको अवधि १५ वैशाखमा सकिन लागेको छ । यस विषयमा अब लकडाउन हटाउने या थपे पनि खुकुलाे बनाउने भन्ने विषय छलफल गरिने जनाइएको छ ।