संकटका बेला एकजुट हुने असल परम्परालाई हामीले कायम राख्नुपर्छः राष्ट्रपति भण्डारी

 न्यूज विराट
संकटका बेला एकजुट हुने असल परम्परालाई हामीले कायम राख्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् ।

‘१२ वैशाख २०७२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ’ राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा भनिएको छ ।

‘भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौँ, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ’ सन्देशमा भनिएको छ, ‘प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राविधरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ । यसबीचमा करिब ५ लाख निजी आवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब २ लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् ।

सम्बन्धित समाचार

लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, १६ फागुन । उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN  -...

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

उर्लाबारी नगरपालिकाले १ अर्ब ३० करोडको बजेट ल्यायो

उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको दशौं नगरसभामा शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

जर्ज फ्लोइडको मृत्यु ‘मानव हत्या’ : पोष्टमार्टम रिपोर्ट

एजेन्सी, जेठ २०-अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ । अमेरिकाको मिनेशोटा...

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् । उनले क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, युनाइटेडलाई ६ गोल गर्दै हाटखोला सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २...

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्