काठमाडौं, ११ बैशाख-समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरूले समाजवादी पार्टी विभाजन गर्न नखोजेको बताएका छन् ।उनले पार्टीले आफूहरूप्रति बँधुवा मजदुरलाई जस्तो व्यवहार गरेको भन्दै आफूहरू त्यसविरूद्ध एकजुट भएको बताए । आफूहरूले अन्यायको विरोध गरेको उल्लेख गर्दै उनले पार्टी विभाजनको पक्षमा नरहेको बताए ।
उनले भने, ‘पार्टीका नेताहरू मञ्चमा भाषण गर्छन्, हामी सांसदहरू टुलुटुलु हेर्नुपर्छ । हामीले यसको विरोध गरेका हौँ ।’उनले आफूहरू कुनै होटलमा नभएको बताउँदै पहिले ८ जना सांसदहरूबीच छलफलपछि पार्टी नेताहरूसँग छलफल गर्ने जानकारी दिए । उनले बुधबार राति एकता भएको जनता समाजवादी पार्टीमै रहेको जानकारी दिए ।