खागले टोकेर ६ जना घाइते

 न्यूज विराट
खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई सुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए ।

बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाईँ र उनकी ३ वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताए ।इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उहाँका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाईले जानकारी दिए । गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । रासस

सम्बन्धित समाचार

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

बंगलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपियो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । मंगलबार ढाकामा नेपाली पत्रकारहरूसँगको कुराकानीमा...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

झापा र सनुसरीमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । हिजो साझँ ५ बजे सुनसरीको दुहबीनगरपालिका ११ स्थित दक्षिणबाट उतरतर्फ जादै गरेकोको ४ प ९१७८नम्बरको मोटरसाईकल र बिपरितदिशाबाट...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्