अघिअघि टेलिकम, पछिपछि एनसेल

 न्यूज विराट
अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् ।

कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न सर्वेक्षण गर्ने अहिलेसम्मकै नौलो प्रयोगको सुरुवात पनि सेवा प्रदायकले गरिसकेका छन् । संयोग भन्नुपर्छ, प्रतिस्पर्धी मुख्य दुई सेवा प्रदायकले बन्दाबन्दीयता सार्वजनिक गरेका प्रायः सबै सुविधा र सन्देश मिल्दाजुल्दा छन् ।

बन्दाबन्दीको समयमा सकेसम्म भावनात्मक रूपमा समेत जोडिने प्रयासमा देखिन्छन् सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल । एक किसिमले यी दुई सेवा प्रदायकबीच आफ्ना ग्राहकसँग नौलो तरिकाबाट जोडिने अप्रत्यक्ष प्रतिस्पर्धासमेत देखिन्छ । त्यही प्रतिस्पर्धामा यसपटक भने टेलिकम अगाडि परेको छ ।

कुनै समय एनसेलले सार्वजनिक गर्ने डेटा अथवा भ्वाइस सुविधापछि मात्र बजार प्रवद्र्धनको रणनीतिमा जुट्न थाल्ने टेलिकम कोरोनाबारे सन्देश प्रवाह गर्ने अथवा नयाँ सेवा सार्वजनिक गर्ने काममा अहिले ‘लिडर’ बनेको छ । यस अर्थमा कि टेलिकमले पछिल्लो समय सार्वजनिक गरेका हरेक नयाँ सेवा र सन्देश एनसेलले करिब उस्तै ढङ्गबाट लगत्तै सार्वजनिक गर्दै आएको छ ।

टेलिकमले पहिलोपटक चैत ६ गते कोरोना सङ्क्रमणका लक्षणसहितको सीआरबीटी सन्देश दिन सुरु गर्यो । प्रयोगकर्ताले टेलिकमको अर्को नम्बरमा फोन गर्दा त्यस्तो सन्देश सुन्नसक्ने सुविधा थियो । एनसेलले त्यसको केही दिनपछि यस्तै किसिमको सन्देश आफ्ना प्रयोगकर्तालाई दिन सुरु गर्‍यो ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

भानु कलेजमा अनलाइन कक्षा

विराटनगर, बैशाख १५–विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारण देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा...

प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

विराटनगर, २९ जेठ प्रदेशसभाको कार्यकाल सकिन लागेपछि प्रदेश १ को नामाकरणको विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छ । नामाकरणका लागि प्रदेशसभामा निर्णायक रहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले छलफल सुरु गरेको हो । प्रदेशको नामारण...

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। केहि दिन अघि...

सत्याग्रही ‘ई:’ भेट्न प्रधानमन्त्री ओली पुगे अस्पताल

काठमाडौं, १८ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफ समूहका सदस्यलाई भेट्न अस्पताल पुगेका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले इनफ इज इनफ ग्रुपका अनशनकारी इशान अधिकारी ‘ई:’लगायतका युवाहरूलाई ह्याम्स अस्पतालमा पुगेर भेट...

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...

चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु

चितवन, ७ भदौ-चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।...

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्