सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
उनले विश्व कोरोना महामारीमा थलिएको सन्दर्भमा सरकारले असामयिक र संवेदनहीन निर्णय गरेर राजनीतिलाई कलंकित गराएको आरोप लगाएका छन् । राजनीतिक दल विभाजन गर्ने ध्ययेका साथ अध्यादेश ल्याइएको दाबी भण्डारीको छ ।
संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेतालाई भूमिकाहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उनले खारेजीको माग गरेका छन् ।