भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

 न्यूज विराट
भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।

त्यसका लागि सीमा क्षेत्रमा उच्च सतर्कता बढाइएको छ । प्रदेश ५ का सीमावर्ती जिल्ला पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लाका सीमा क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको हो ।

सीमा क्षेत्रका विभिन्न स्थानमा अस्थायी त्रिपाल राखी सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट खडा गरिएको छ । सीमा क्षेत्रमाको सीमा सुरक्षा प्रबन्ध, स्थायी तथा अस्थायी सुरक्षा पोस्ट र सीमा अवस्था अवलोकनका लागि प्रदेश ५ सशस्त्र प्रहरी बलका प्रमुख डीआईजी नारायण दत्त नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित कपिलवस्तुको सीमा क्षेत्र निरीक्षण गरेको छ ।

सीमा क्षेत्रको हरेक ५ सय मिटरको दूरीमा २४ घण्टे सुरक्षाकर्मी खटाइएको छ । सीमा क्षेत्रमा अपनाइएको उच्च सतर्कताका कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने अवस्था पूर्ण रूपमा रोकिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

सम्बन्धित समाचार

जनकपुरमा सडकमा पैसा फालेर २ महिला फरार, स्थानीय त्रसित

जनकपुर, ५ वैशाख-जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत...

नवनियुक्त तीन मन्त्रीले पनि लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...

विराट गोल्डकप, थिम्पुलाई पराजित गर्दै घरेलु टिम सांग्रीला सेमिफाइनलमा

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले लगानी गरेको घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

शीर्ष नेताका भेटघाट बन्द

कोरोना संक्रमण (कोविड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरूले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट, कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकल दाहाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्