पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

 न्यूज विराट
पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ ।

महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो ।

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त स्यानिटाइजर टनेल निर्माण गरेको हो । उक्त टनेलको प्रतिनिधिसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सोमबार शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनले गरेको साे कार्य प्रशंसनीय रहेको बताए । उनले इन्जिनियरहरूले नयाँ खोज र अनुसन्धना गर्नुपर्ने बताउँदै कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गरे ।

सम्बन्धित समाचार

विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ

विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

चितवनमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै  

चितवन,  ९ असोज-पछिल्लो समय चितवन जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार हाल कोरोना सक्रिय संक्रमित ९ सय ४३ रहेका छन् । त्यसमध्ये ६ सय २६ होम आइसोलेसनमा...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनू : सर्वोच्च

काठमाडाैं, १४ वैशाख-आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई थुनामा राख्नुको कारण पेस गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। सर्वाेच्चले शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट...

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज...

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९७ हजार ५ सय

काठमाडौं, १२ साउन-सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको छ । लतागार उकालो लागेको सुनको मूल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।  साताको पहिलो दिन हिजो तोलामा ५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्