बुटवल, ७ वैशाख-कपिलवस्तुमा सामूहिक नवाज पढिरहेका १४ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।कपिलवस्तुको मायादेवी गाँउपालिका ७ धुपहिको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेका उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले जानकारी दिए ।
सरकारले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्न लागू गरेको लकडाउन उल्लंघन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यसअघि उदयपुर र वीरगंजको मस्जिद कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले उच्च सतर्कता अपनाएको छ ।