ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

 न्यूज विराट
ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन दिइसकेको छन् ।

अमेरिकाले गत वर्ष मात्र डब्लूएचओलाई करिब ४० करोड डलर सहयोग गरेको थियो । विश्‍व नै सङ्कटग्रस्त भएको अवस्था र डब्लूएचओले थप काम गर्नुपर्ने समयमा अमेरिकाको यस्तो निर्णयप्रति अमेरिकामा समेत विरोध भएको छ ।

चीन, युरोपेली मुलुकलगायतले आपत्ति जनाउँदै सक्दो सहयोगको प्रतिवद्धतासमेत जनाएका छन् । डब्लूएचओका लागि अमेरिका सबैभन्दा ठूलो सहयोगी साझेदार हो । गत वर्ष डब्लूएचओको वार्षिक बजेट साढे २ अर्ब डलरभन्दा बढी रहेकामा अमेरिकाले मात्र ४० करोड डलर सहायता उपलब्ध गराएको छ ।

डब्लूएचओका लागि अमेरिका ठूलो साझेदार जस्तै नेपाल जस्ता देशको स्वास्थ्य क्षेत्रमा डब्लूएचओ मुख्य साझेदार हो । नेपालमा डब्लूएचओले आर्थिक, प्राविधिक र जनशक्तिको समेत सहयोग गरेको छ ।

सम्बन्धित समाचार

प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका हवाई सेवा र नागरिक उड्डयन विधेयक पेस

काठमाडौं, ३१ वैशाख-हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुइटा विधेयक छलफलका लागि संसदीय समितिमा पेस भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपाल हवाई...

‘२ वर्षको अवधिमा सरकारका उत्साहवर्धक उपलब्धि’

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गरेकी छन् । 'सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्दध उपलब्धि हाँसिल गर्न सफल भएको छ' उनले...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

प्रतिनिधिसभा विघटनका मुद्दा : आज पनि सरकारी पक्षकै बहस

प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...

तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो...

विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ । यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्