चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

 न्यूज विराट
चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

एजेन्सी, बैशाख ४-डा. र्‍यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो, तब उनी मृत्युको नजिक पुगे ।

उपचारमा संलग्न चिकित्सकहरूले उनलाई बचाउन नसकिने स्थितिमा पुगेको भन्दै माया मारे । तर, र्‍यान कोरोनालाई छलेर संक्रमणबाट मुक्त भएर फर्किएका छन् । उनी अमेरिकाको पहिलो संक्रमितको उपचार गर्ने चिकित्सकसमेत हुन् ।

उपचारका क्रममा आफ्नाबारेमा चिन्तित थिइनँ : डा. र्‍यान

‘१ दिनअघि जुन बिरामीको मृत्यु भएको थियो, उसलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको फेब्रुअरीको अन्त्यमा साथीहरूले फोन गरेर बताए,’ डा. र्‍यान भन्छन्, ‘अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना थियो ।’

त्यसपछि किर्कल्यान्ड कोरोना भाइरस संक्रमणको पहिलो केन्द्र बनेको उनी बताउँछन् । उनका अनुसार धेरैजसो बिरामीहरू वृद्ध थिए र उनीहरूको अवस्था गम्भीर प्रकृतिको थियो । ‘म उनीहरूको उपचारमा सामेल भएँ । त्यतिबेला मैले आफ्नाबारेमा कुनै चिन्ता लिइनँ,’ उनले भने, ‘तर, मार्चको पहिलाे साता अचानक टाउको र शरीरमा तीव्र पीडा हुन थाल्यो । यो मेरा लागि असामान्य थियो ।’

‘त्यसपछि मेरी प्रेमिकाले मलाई हस्पिटल जान सल्लाह दिइन् । तर, मैले अस्वीकार गरेँ,’ उनी अगाडि थप्छन्, ‘२ दिनपछि लाग्यो, म आफूले नै सेवा दिने अस्पतालमा आफैँ बिरामी बनेर जाँदै छु ।’

मृत्युको नजिक पुगेको थिएँ : डा. र्‍यान

र्‍यानका अनुसार १६ मार्चसम्म आइपुग्दा मुटु, मिर्गौला र फोक्सोले संघर्ष गरिरहेको थियो । कोमामा पुगेपछि भने जिन्दगीको आसै मारेको अनुभव गरेको उनी बताउँछन् ।

‘त्यसपछि स्वीडिस हेल्थ सर्भिसका सर्जन डा. म्याट हार्टम्यान र डा. स्याम्युअल युसिफले जिम्मेवारी सम्हाले,’ उनी भन्छन्, ‘उनीहरूले मलाई भनेका थिए– तिम्रो मृत्यु तय छ, किनकि योबाहेक अरू केही गर्न सकिने अवस्था छैन, तर अन्तिम प्रयास भने गरौँ । बाँच्यौ भने अन्य बिरामीका लागि यो उपचारले सहयोग मिल्नेछ ।’

उनीहरूले डा. र्‍यानलाई ईसीएमओ मेसिनमा राखे । जसलाई कृत्रिम मुटु र फोक्सोका रूपमा प्रयोग गरिन्छ, जसले रगतलाई निकालेर फेरि शरीरमा पठाउँछ ।

‘मार्चको तेस्रो साता ज्वरो कम भयो । २३ मार्चमा मेसिनलाई हटाइयो । २७ मार्चमा श्वास नली निकालियो । त्यसको २ हप्तापछि कोमाबाट जागेँ,’ उनी भन्छन्, ‘त्यसपछि थाहा भयो कि कोरोनाले सबैको जिन्दगीलाई तहसनहस बनाइरहेको छ ।’

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा...

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति...

आजकाे माैसम : पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

काठमाडौं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

मानव सेवा आश्रमकी पार्वतीलाई सौन्दर्यकला व्यवसायीद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा असहाय र अशक्त ज्येष्ठ नागरिकहरुको सेवा तलिन रहेकी पार्वती तिवारीलाई सम्मान गरिएको छ । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले पार्वतीलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्